धेरै पटक हामी हाम्रो संसार वा अन्य मानिसहरूलाई हाम्रो समस्या र दुःखको कारण मान्छौ र सोच्छौं "काश हामी यो संसार परिवर्तन गर्न सक्थ्यौ ।" तर सत्य यो हो कि हाम्रा समस्याहरूको कारण हामी आफै नै हौ । यदि हामी आफ्नो बारेमा सोचेर आफुलाई परिवर्तन गर्दछौं भने, ति हाम्रा अधिकांश समस्याहरूको समाधान पनि गर्न सक्छौँ ।
 
कहानी । Change yourself 
एक राजा एउटा शहरमा बस्थे। राजा जहिले पनि महलबाट बाहिर निस्कदा  ऊनी सधैँ आफ्नो घोडामा चढ्थे । एक पटक उनी आफ्नो शहर हेर्न र जनताको समस्या सुन्न पैदल गए। त्यो समयमा त्यहाँ कुनै जुत्ता थिएन, त्यसैले भुइँमा ढुङ्गा को  कारणले राजाको खुट्टा दुख्न थाल्यो र यो समस्या सुल्झाउन राजाले आफ्ना मन्त्रीहरूलाई बैठक बोलाए। 
अधिकांश मन्त्रीहरूको सुझाव यो थियो कि  सम्पूर्ण शहरलाई छालाको बाक्लो तहले ढाक्नु पर्छ। 
तर यसको लागि धेरै पैसा र अन्य स्रोतहरूको आवश्यक थियो ।
राजाको छेउमा उभिएका एक सिपाहीले सल्लाह दिए कि सम्पूर्ण शहरलाई छालाको लेपले ढाक्नु भन्दा यो उत्तम हो कि हामी आफ्नो खुट्टा छालाको लेपले ढाकौ। यसले हाम्रो खुट्टा मात्र सुरक्षित नगरेर धेरै पैसाको पनि बचत गर्नेछ। 
राजाले सिपाहीको सल्लाह सुनेर खुसी भए र सबैका लागि "जुत्ता" बनाउने आदेश दिए। 

Comments